७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजसी ठाँटमा राष्ट्रपति भण्डारीको सवारी


२० बैशाख २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२०वैशाख ०७६,काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार साँझ बानेश्वरस्थित संसद भवनमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
नयाँ संविधानको व्यवस्था अनुसार जेठ १५ भित्र नयाँ आर्थिक वर्षको वजेट पेश गर्ने व्यवस्था अनुरुप यस वर्ष पनि वैशाखको तेश्रो हप्ताको शुरुमै नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारी राजसी शैलीमा बानेश्वरबाट बग्गी अघिपछि लगाएर संसद भवन पुगेकी थिइन् ।


उनलाई ११ वटा मोटरसाइकल सहित कारकेटले घेरेको थियो । राष्ट्रपतिको सवारीको बेला सडक खाली गराइएको थियो भने सर्वसाधारण सडकमा राष्ट्रपति आउदा र जाँदा सास्ती खेप्नु परेको थियो । साँझ ठिक ४ बजे संसद भवन प्रवेश गरेकी राष्ट्रपति भण्डारी ६ बजेर ४ मिनेटमा संसद भवनबाट बाहिरिएकी थिइन् ।


राष्ट्रपति भण्डारीको सुरक्षार्थ सडकमा पर्याप्त शसस्त्र प्रहरी जनपथ प्रहरी तैनाथ थिए । केही सुरक्षाकर्मी बानेश्वर सडक वरपरका घरका छतमा समेत तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ५६ बजे