१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिलवालले संसदबाट प्रतिपक्षलाई दिए धन्यवाद


२३ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
२३ वैशाख ०७६, काठमाडौं । सत्ता पक्षकै सासदहरुले राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथ कर्यक्रमको विषयमा आलोचना गरेको सन्र्दभमा ललितपुरका सासंद नवरज सिलवालले भने स्वागत गरेका छन् । आइतबारबाट व्यवस्थापिका संसदमा शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै संसद सिलवालले आफ्नो धारणा राखेका हुन् ।
सिलवालले सरकारले लगानी सम्मेलनमार्फत विदेशी लगानी भित्राएर समृद्धिको आधार तयार गरेको तर्क प्रस्तुत गरेको थिए ।
प्रतिपक्ष सासंदहरुको सरकारले जस्तोसुकै नीति तथा कार्यक्रम ल्याए पनि आलोचना गर्ने गरेको तथ्य प्रस्तुत गर्दै सिलवालले भने,‘रामै्र कार्यक्रम आए पनि प्रतिपक्षले आयोचना गर्न छोड्दैनन् । यो प्रतिपक्षको धर्म नै हो । त्यसैले म प्रतिपक्षलाई धन्यवाद नै दिन चाहन्छु ।’
गतशुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार शव्द प्रयोग गरेपछि प्रतिपक्षले विरोध गरेको थियो । नेपाली काँग्रेसलगायत संसदमा रहेका प्रतिपक्ष दलका सासंदहरुले प्रस्तुत कार्यक्रमको विषयबस्तुमा आलोचना नगरि शव्दमा मात्रै आयोजना गरिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ३९ बजे