१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पोखरीमा भवन नबनाउन पुरातत्वको पत्र


२३ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता

पोखरी र निर्माणाधिन भवन ।

२३ वैशाख ०७६,ठेचो । ललितपुरको ठेचोको पिन पोखरीको जग्गामा स्थानीय बासिन्दाको विरोधकाबीच निर्मार्णाधिन वृद्धाश्रमको निर्माण कार्य अघि नबढाउन पुरातत्व विभागले दोश्रो पल्ट पत्राचार गरेको छ । पुरातत्व अधिकृत पुरुषेत्तम खढ्काको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ,‘२०७५ चैत्र २० को निर्णयअनुसार गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित पिन पोखरीको ऐतिहासिक,साास्कृतिक र पुरातात्विक महत्व आँच नआउने गरि यथास्थानमा संरक्षण गर्न पत्राचार भएकोमा धमाधम काम भइरहेको जानकारी आएकाले पोखरीको संरक्षण गर्न अनुरोध गर्दछौं ।’
पुरातत्वले पत्राचार गरे भवनको निर्माण भने रोकिएको छैन । सोमबार विहान धमाधम ढलानको लागि फर्मा ठोक्ने काम भइरहेको थियो । (हेर्नुस् तस्वीर)

पुरातत्व विभागले गत चैत्र २० गते पनि पत्र लेखेर पोखरी रंरक्षण गर्न आग्रह गरेको थियो । भवन ३ नम्बर प्रदेश सरकार गोदावरी नगरपालिकाको वजेटबाट निर्माण भइरहेको छ ।

सोमबार विहान निर्माणाधिन बृद्धाश्रम भवनमा काम गर्दै कामदार । तस्विर ः ललितपुर खबर


जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष हरेराम महर्जनलेले जग्गा नमिलेको कारण बीचको भागमा ५ फिट पोखरीको मिचिएको स्वीकार गरे । सार्वजनिक ट्वाइलेट भएको ठाँउमा स्थानीय बासिन्दाहरुका लागि बृद्धाश्रम भवन बनाउन लागेको र त्यो भवन पनि सार्वजनिक हितमै प्रयोग हुने तर्क गरे । उनले भने,‘अरु बाँकी पोखरी चाही बचाउनु पर्छ ।’
उनको भनाईमा ठेचो लिच्छिविकालीन बस्ती नभएको र त्यसको प्रमाण कुनै नभएको दावी छ । उनले भने,‘हामीले खन्दा कतै पनि पुराना बस्तु भेटेनौं ।’

पोखरी ४१० सार्वजनिक जग्गा ४०९ ।


ठेचोका स्थानीय बासिन्दा भने सडकको अगाडि पोखरीको छेउमा बृद्धाश्रम बनाउनु नै गलत भएको तर्क गर्छन् । उनीहरुको राय अनुसार सडकको धुलो धुँवा आउने ठाँउमा दिनरात गाडी गुड्ने र आवाज आउने ठाँउमा बृद्धाश्रम बनाउनु हुँदैन । एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने यहाँ बृद्धाश्रम नभई विजनेसका लागि घर बनाउन लागेको हो । उनले अगाडि भने सडकको सटर भाडा लगाउने योजना छ । माथि पनि भाडामा दिने कुरा चलेको छ । दोश्रो तलाको एउटा दुईटा कोठामा बृद्धाश्रम राखेर अरु ठाँउ भाडा असुल्न यो भवन बनाउन लागिएको हो ।


सेवा केन्द्रका अध्यक्षल महर्जन पोखरी छुनै मिल्दैन भने छोड्न तयार रहेको बताउछन् । भन्छन्,‘परिआए भत्काउन तयार छौं ।’
निर्माणाधिन पोखरी सम्बन्धि केही दस्तावेजहरु हेर्नुस् ः

पुरातत्वले लेखेको पहिलो पत्र ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ३८ बजे