६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बम डिस्पोजलका ७ रोचक तस्विर


२३ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
२३ जैशाख ०७६, कोटेश्वर । सोमबार साँझ काठमाडौंको कोटेश्वर सडक नजिकै फुटपाथमा शंकास्पद बस्तु फेला प¥यो । बम जस्तै देखिने ती बस्तु बारे अनुसन्धान गर्न सडकमा सेना आयो । नेपाली सेनाले बम डिस्पोज गर्दै गर्दा केही रोचक दृश्य देखिए । हेरौं ती दृश्य ः


दृश्य १ ः वमको अगाडि मोवाइल फोटोग्राफी
तीनकुनेबाट कोटेश्वर जाँदा उकालो बाटो सकिने वित्तिकै सडक छेउ फुटपाथमा बम जस्तै शंकालु बस्तु थियो । मध्य सडकको डिभाइडरमा बसेर सर्वसाधारणले आफ्नो मोवाइलमा बम डिस्पोज गरेको फोटो खिचे । त्यहाँ कसैले पनि सुरक्षा चुनौती महसुस गरेनन् ।


दृश्य २ ः बीच सडकमा गाडी र यात्रु
तीनकुनेबाट कोटेश्वर जाने सडक बन्द गरेपछि अर्को लेनमा यात्रु र गाडी सरोबरी थिए । ट्राफिक हैरान देखिन्थे ।


दृश्य ३ ः निडर यात्रु
बम डिस्पोजको तयारी हुदै थियो । नेपाली सेना डिस्पोजको सामाग्री तयार गर्दै थिए । एक यात्रु सरासर बम भएतिर गए । अनि सडक पार गरेर बम नजिकैबाट अघि बढे । प्रहरीले चालै पाएन ।


दृश्य ४ ः पत्रकारलाई सुरक्षा यात्रुलाई खै
बम डिस्पोज भइरहदा प्रहरीले पत्रकारलाई फोटो खिच्न नदिई पछाडि सुरक्षित ठाँउमा बस्न दियो । तर यात्रु भने बम भए नजिकैबाट गाडी चलाइरहेका थिए । कुनै भवितव्य भएको भए यात्रु सखाप हुन्थे कि ?


दृश्य ५ ः किन सुते सैनिक
बम डिस्पोजलका लागि विशेष कपडा लगाएर एक सैनिक शंकास्पद बस्तु भएतिर गए । सबैले रोचक ढंगले हेरिरहेका थिए । ती सैनिक त्यो अध्यारो ठाँउमा सुतेको झै दृश्य देखियो । बम भएको ठाँउमा किन ती सैनिक सुते होलान् कसैले बुझ्न सकेनन् ।


दृश्य ६ ः बम देखिएपछि
मावन रहित डिस्पोजल यन्त्र जव बम जस्तै शंकास्पद बस्तु तानेर ल्यायो । पड्कन्छ कि भनेर सबैको मुटुमा ढ्याङ्ग्रो बजेको थियो ।


दृश्य ७ ः शंकास्पद बस्तु ल्याएपछि
बम डिस्पोजलमा खटिएका सैनिकले बमजस्तै देखिने बस्तु ल्याउदै गरेको दृश्य हेर्न लायक थियो । उनले हातभरि प्लाष्टिकका भाँडाकुडा संगै विविध सामान बोकेर ल्याए । ती सामान हेर्दै सैनिकहरुले कानेखुशी गरे । अनि बम डिस्पोजलको गाडी गुढ्यो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : २४ बजे