६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सहकारीको भारत भ्रमण उपयोगी


२४ बैशाख २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
२० वैशाख ०७६, ललितपुर । जिल्ला कृषि सहकारी सङ्घ ललितपुरले भारतको महाराष्ट्र उत्तर प्रदेशको छत्तिसगढ राज्यको आधुनिक कृषि तथा सहकारिताको अभ्यासको अध्ययन अवलोकनका अवलोकन भ्रमण उपयोगी भएको सहभागीहरूले बताएका छन् ।
संस्थाकी उपाध्यक्ष इन्द्रकुमारी थापाको,उप–समिति सदस्य आदर्श तिमल्सिना, रामजी घिमिरे, हरिचन्द्र घिमिरे, केदारप्रसाद तिमल्सिना, सुभाष महत, बलराम घिमिरे, सरस्वती संजेल, सुशीला तिमल्सिना घिमिरे, सबिना दाहाल, टङ्कप्रसाद तिमल्सिना, रामबहादुर महर्जन, रेवेन्द्रप्रसाद तिमल्सिना, टुक्रप्रसाद तिमल्सिना र रोशन घिमिरेसमेत १५ सदस्यीय अध्ययन अवलोकन टोलीले भ्रमण गरेको हो । टोली गतचैत ३० गतेदेखि ०७६ वैशाख गतेसम्म भ्रमण गरेको थियो । भारतको छत्तिसगढ राज्यमा सञ्चालित परियोजनाहरू, कृषि क्षेत्रमा आधुनिक यन्त्र उपकरणहरू प्रयोग जस्ता विषयमा अनुभव आदान प्रदान गरेको थियो ।

सात दिने भ्रमणका क्रममा टोलीले बालोद जिल्लामा सञ्चालित भिलाई स्टिल प्लान्ट, फलाम खानी, एसियाकै ठूलो रथको अवलोकन साथै बालोद जिल्लाका कलेक्टर रानु साहुलगायत उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटघाट र अन्तरक्रिया गरेको थियो । भ्रमणमा सहभागी सुभाष महतल भ्रमणबाट सहकारी संचालकहरुका लागि उपयोगी भएको बताए । उनले भने,सहकारीमार्फत नयाँ काम गर्न हामीले धेरै कुरा सिकेका छा’ैं महतले भने । भ्रमण टोलीकी संयोजक इन्द्रकुमारी थापाले फुटेर होइन जुटेर काम गर्दा कस्तो उपलव्दी हासिल हुन्छन् भन्ने नयाँ उदारण देखेका छौं । हामीले देखेका कुरा कार्यान्वयनमा लैजान्छौं ।’–थापाले भनिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४६ बजे