भट्टेडाँडा
दक्षिण ललितपुरका वागमती गाँउपालिकाका वालवालिकाहरुको बाल अधिकार संरक्षणमा जोड दिइएको छ ।
बालबालिकाको हक, हित, संरक्षण तथा समग्र विकास सुनिश्चित गर्ने उद्देश्यका साथ बागमती गाउँपालिकाले स्थानीय बाल अधिकार समिति का पदाधिकारी तथा सरोकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले अधिकार संरक्षणमा जोड दिएका हुन्। परिवर्तनको लागि सहकार्य नेपालको सहकार्यमा सञ्चालित कार्यक्रममा विद्यालय छाड्ने बालबालिकाको संख्या, सरसफाइ व्यवस्थापन तथा खानेपानीको अवस्था, जोखिममा रहेका बालबालिकाको संरक्षण, बाल विवाहको सम्भावना तथा बाल अधिकारसम्बन्धी न्यून जनचेतना प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको थियो। यसका साथै समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीच समन्वय अभिवृद्धि गरी बाल संरक्षण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले स्थानीय बाल अधिकार समितिलाई थप सक्रिय, उत्तरदायी र प्रभावकारी बनाउने, बाल अधिकार संरक्षण प्रणालीलाई सुदृढ गर्ने तथा बालमैत्री स्थानीय शासन घोषणा अभियानलाई सफल बनाउन संयुक्त रूपमा काम गर्नु पर्ने बिषयलाई उजागर गर्दै बागमती गाउँपालिका पालिकालाई ६३ थान फेलेक्स सम्पादन सहयोग गर्दै हस्तान्तरण गरिएको थियो । उक्त अचारसंहिताहरुमा बालबालिकाले पालना गर्नुपर्ने आचारसंहितासअभिभावकले पालना गर्नुपर्ने आचारसंहिता तथा विद्यालय÷स्वास्थ÷संघ–संस्था ÷व्यावसायिले पालना गर्नु पर्ने आचारसंहिता रहेका छन् । विद्यालय हाता भित्र राखिने यसता दृश्य संदेशहरुले समुदायस्तरका सबै सरोकारवालाहरु समक्ष सन्देश÷जानकारी पु¥याउने अपेक्षा रहेको छ।
नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले स्थानीय तहलाई बाल अधिकारको संरक्षण, प्रवद्र्धन तथा परिपूर्तिको जिम्मेवारी दिएको छ। गतपुस २३ गतेका दिन स्थानीय बाल अधिकार समितिको वैठक बसेको थियो जसमा सदस्यहरूले पदाधिकारीहरुको भूमिका, जिम्मेवारी तथा कानुनी व्यवस्थाप्रतिको पर्याप्त बुझाइ अभिवृद्धि गर्न आवश्यक रहेको महसुस भएको छ ।








प्रतिक्रिया