११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको विद्यालयमा नयाँ पाठ्यक्रम लागू


२५ बैशाख २०७६, बुधबार  

0
Shares

पाठ्यक्रम विमोचन गर्दै गाँउपालिका अध्यक्ष रामचन्द्र दाहाल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२५ वैशाख ०७६,गोटिखेल । दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकाभर बुधबारबाट नयाँ पाठ्यक्रम लागू भएको छ । ललितपुरको गोटीखेलमा बुधबार आयोजित कार्यक्रममा पाठ्यपुस्तक हस्तान्तरणपछि यस क्षेत्रमा रहेका २७ वटा सामुदायिक विद्यालयमा सामाजिक शिक्षा विषयमा २० अंकभार रहेको नविकरणीय उर्जा विषय पढाई हुन लागेको हो ।
पुस्तक दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीले प्रकाशन गरेको हो । कार्यक्रम लागू गर्न सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता राष्ट्रिय महासंद्दले सहकार्य गरेको छ भने प्रकाशन सहयोगी ग्रामिण प्रविधि केन्द्रको छ ।

विद्यार्थीलाई पुस्तक दिदै ।


कक्षा १ देखि ५ सम्मका लागि यो नयाँ पाठ्यक्रम लागू हुनेछ । पाठ्यक्रम लेखन समूहका सहभागी गोविन्द प्रसाद पराजुलीले भुकम्प र नाकाबन्दीपछि गाँउमा भएको उर्जा संकट टार्न गरिएको संर्घषबाट पाठ सिकेर आउदो पुस्तालाई स्थानीय उर्जामा आत्म निर्भर बनाउने उद्देश्यले पाठ्यक्रममै नविकरणीय उर्जा राखिएको जानकारी दिए । उनले भने, ‘अर्को पुस्ता नविकरणीय उर्जा प्रयोग गरेर आत्मनिर्भर हुनेछ ।’


माहाँकाल गाउपालिकाका अध्यक्ष रामचन्द्र दाहालले नयाँ पाठ्यपुस्तक अनावराण गरेसँगै सबै विद्यालयमा पढाई शुरु भएको उद्घोष गरे । उनले भने, ‘यस क्षेत्रमा गुणस्तरिय शिक्षक कार्यरत छन् । यो पाठ्यपुस्तक पनि गुणस्तरिय छ । पढाइ पनि गुणस्तरिय हुन्छ ।’
गाँउपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र रमण पुरीले पुस्तक निःशुल्क रुपमा वितरण गर्ने जानकारी दिदै भने,‘नविकरणीय उर्जाबारे पढाई हुने हुँदा यहाँका विद्यार्थीहरुले पछि स्थानीय श्रोतबाट नविकरणीय उर्जा प्रयोग गरि लाभ लिनेछन् ।’


दक्षिण ललितपुर ग्रामिण विद्युत्का अध्यक्ष गोविन्द प्रसाद बजगाँईले दक्षिण ललितपुरका अरु गाँउपालिकामा पनि लागू गर्न तयार रहेको भनाई राखे । उनले भने,‘लामो समयपछिको दफावार छलफलपछि एउटा राम्रो पाठ्यक्रम ल्याएका छौं । कही कतै गल्ती भए शिक्षकहरुको राय अनुसार पुनःमुद्रण गर्दा सुधारेर जानेछौं ।’

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।