१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथको रथयात्रा शुरु


२५ बैशाख २०७६, बुधबार  

0
Shares

रथयात्राअघि तस्विर खिच्दै गुठी संस्थानका प्रमुख शैलेन्द्र बस्नेतलगायत। तस्विर ः ललितपुर खबर

लपु संवाददाता २४ बैशाख ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा बुधबारबाट ललितपुरको पुल्चोकबाट गावाहाल पु¥याइएको छ । रथयात्राको पहिलो दिन गावाहाल पु¥याउनु अघि गावाहालबासीले भोजको आयोजना गरे ।

मंगलबजारको टंगलबाट मीननाथको रथ नःटोल पु¥याइएको थियो । मच्छिन्द्रनाथलाई पुजा प्रसाद चढाएपछि मच्छिन्द्रनाथ र मीननाथको रथयात्रा सँगै गरेर गावाहाल पु¥याइएको हो । रथयात्रामा सहभागी हुन पाटनका हजारौं स्थानीयहरु सडकमा आएका थिए । रथयात्रामा विभिन्न टोलका बासिन्दाहरु बजाएर रमाइलो गरे । रथयात्रा ४ बजेपछि साँझपख शुरु भएको हो । रथयात्राको क्रममा रथ तान्नका लागि पाटनका विभिन्न टोलका संयोजक तोकेर ज्यापु समाजले संयोजन गरेको थियो ।

गठी संस्थान ललितपुरको रेखदेख र व्यवस्थापनमा रथयात्रा शुरु गरिने संस्थानका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : १९ बजे