७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘चापागाँउ सडक अनिश्चितकालीन बन्द’


२८ बैशाख २०७६, शनिबार  

0
Shares



लपु संवाददाता
२८ वेशाख ०७६,चापागाँउ । सातदोवाटो चापागाँउ सडकको मर्मतको माग राखेर प्रर्दशन गरिरहेका स्थानीयबासी चक्का जाम झन् कडा बनाउने भएका छन् । सडक भत्केर नाजुक रहेको भन्दै स्थानीयबासी विहीबारबाट प्रर्दशनमा उत्रिरहेका हुन् ।
चापागाँउका स्थानीयबासीले मुल सडक निर्माण दबाब समुह बनाएर शनिबार विज्ञप्ती जारी गर्दै सोमबारबाट सडक मर्मत नभएसम्मका लागि सडक बन्द गर्ने घोषणा गरेका छन् ।
आइतबारबाट विहान ७ वजेबाट साँझ ५ वजेसम्म सडक बन्द गर्न लागेका हुन् ।
नाम उल्येख नगर्ने शर्तमा एक स्थानीयले भने हामी पसल बन्द गरेर आइतबारबाट सडकमा टेण्ट गाड्छौं । सडकमा गाडी गुड्न दिनभरि दिदैनौं ।
आइतबार टाहाखेलबाट ठेचोसम्म नारावाजी सहित प्रर्दशन हुनेछ । स्थानीयबासीको मागका सम्बन्धमा जनप्रतिनिधि र प्रशासनले बेवास्ता गरेको आरोप लगाउदैै स्थानीयबासी सडक मर्मत नभएसम्म नछोड्ने वताइरहेका छन् ।
शुक्रबार गोदावरी नगरपालिकाले सथानीयबासीलाई सडक एक हप्ताभित्र मर्मत हुने जानकारी दिए पनि प्रर्दशनकारीले पत्याएका छैनन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ८ : ३४ बजे