१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अलविदा बुद्धिबहादुर ! ! !


२९ बैशाख २०७६, आइतबार  

0
Shares


ल्पु संवाददाता
२८ वैशाख ०७६,चापागाँउ, चापागाउँका पुराना काँग्रेस नेता स्वर्गीय बुद्धिबहादुर श्रेष्ठको १३ औं दिनको श्रद्धाञ्लीसभा आयोजना गरिएको छ ।
स्वर्गीय बुद्धिबहादुर श्रेष्ठको सम्झनामा नेपाली काँग्रेस गोदावरी नगर कार्यसमिति तथा वडा नं. ११ इकाई समितले शनिवार श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै संविधानसभाका पूर्वसभासद तथा नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले बुद्धिबहादुर श्रेष्ठ निस्वार्थ, त्यागी, संस्कारयुक्त राजनीति तथा समाजसेवी भएको तर्क गरे ।
सभापति अमात्यले भने, ’उनी राजनीतिक व्यक्तित मात्रै थिएनन, एक संस्कारयुक्त समाजसेवी थिए, उनमा ठूलो संस्कार र गुणयुक्त व्यक्तित्व थियो।’
स्वर्गीय श्रेष्ठ सानो स्वार्थ र लोभमा नभुलिने व्यक्ति भएको भन्दै सभापति अमात्यले उनको अनुशरण गर्दै काँग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्ने वताए ।
नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले बुद्धिबहादुर श्रेष्ठ एक संघर्षशील महान समाजसेवी भएको वताए । नेता राणाले भने, ’उनको योगदानको उच्च कदर गर्दै उहाँको सद्चरित्र र सत्गुणको अनुशरण गरेर अगाडि बढ्नुपर्ने आजको अनवश्यकता छ । ’
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बुद्धिबहादुर श्रेष्ठले स्थानीय स्तरको विकास निर्माण र सामाजिक काममा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको अनुशरण गर्दै अगाडि बढ्नुपर्ने वताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले कठिन परिस्थितिमा पनि लगनशील भएर सामाजिक सेवामा लागेर बुद्धिबहादुर श्रेष्ठले अविस्मरणीय छाप छोडेको वताए ।
गोदावरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष निलबहादुर देसारले बुद्धिबहादुर श्रेष्ठ दलीय भावना भन्दा पनि सामाजिक भावनाबाट उत्प्रेरित भएर हरेक काममा क्रियाशील हुने व्यक्तित्व भएको वताए ।


कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, नेपाली काँग्रेस ललितपुरका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो
वि.सं. १९९९ असार २६ गतेका दिन चापागाउँमा जन्मिएका श्रेष्ठको यही २०७६ साल वैशाख १६ गते निधन भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : १० बजे