१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बन्द निरन्तर, जनजीवन कष्टकर (फोटोफिचर)


२९ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२९ वैशाख ०७६ चापागाँउ । खराव सडकका कारण स्थानीय बासिन्दाले कष्टकर दैनिकी झेल्नु परेको भन्दै गतशुक्रबारबाट बन्द चापागाँउ सडक नखुल्दा दैनिक जीवनमा असर पर्न थालेको छ । विहान दुई घण्टा बन्द गरेर सडकमा ओर्लेका स्थानीय बासिन्दा प्रशासन र स्थानीय राजनीतिक दलले वेबास्ता गरेको भन्दै आक्रोस पोखिरहेका छन् । बन्दको असर सर्वत्र परे पनि बन्द खुलाउन कहीकतै पहल नभएको उनीहरुको गुनासो छ ।


आइतबारबाट सडक निर्माण संर्घण समितीले साँझ ५ बजेसम्म बन्द गर्ने भन्दै आह्वान गरेको हो । चापागाँउको टाहाखेलदेखि धापाखेल दोवाटोसम ठाँउ ठाँउमा अवरोध राखेर स्थानीय बासिन्दा बसिरहेका छन् । सडकमा प्रहरी नगन्य छ । ठाँउ ठाँउमा सडमै टेण्ट गाडिएको छ । भने पसल हरु ठप्प छन् । यात्रु पैदल हिडिरहेका छन् । एम्बुलेन्स विवाहको गाडी चल्न दिए पनि प्रेसलाई भने ठाँउ ठाँउमा रोकेर केही क्षणपछि छोडिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४३ बजे