५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संस्कृतीविद् सत्यमोहनको भव्य सम्मान


३० बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
३० वैशाख ०७६,पुल्चोक । वाङ्मय पुरुष संस्कृतीविद् सत्यमोहन जोशीको १ सयऔं जन्मोत्सव कार्यक्रम भव्य रुपमा मनाइएको छ । ललितपुर महानगरपालिकाले पाटनको मंगलबजारबाट सत्यमोहनलाई बग्गी चढाएर नगरपरिक्रमा गराउदै टंगल,लगनखेल,कुमारीपाटी,मानभवन,जावलाखेल हुँदै पुल्चोकस्थित महानगर भवनसम्म पु¥याइएको थियो । नगरपरिक्रमा कार्यक्रममा हजारौं महानगरबासी ¥यालीमा सहभागी भए ।
पुल्चोकमा आयोजना गरिएको विशेष कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले दोसल्ला ओढाएर सम्मान गरे । सत्यमोहन जोशीले लेखेका विभिन्न ६ कृति विमोचन गरिएको थियो । कार्यक्रममा १ सय वर्ष पुरा भएको अन्य ४ महानगरबासीलाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममै उपत्यका मेयर फोरमले ताम्रपत्र सहित सम्मान गरेको थियो । महानगरपरिसरमा हजारौं महानगरबासी उपस्थित देखिन्थे ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : ४० बजे