महेश सिंह महतो
४ जेष्ठ ०७६ , सिरहा लहान । सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर गौरी टोलमा जंगली हात्तीको आक्रमण बाट एक बृद्ध महिलाको ज्यान गएको छ । स्थानीय ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किचेपछि ज्यान गएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । छिमेकीको घरबाट टीभी हेरी घर फर्किने क्रममा हात्तीले आक्रमण गरेको थिए । वृद्ध मगरलाई घटनास्थलमै मृत्यु भएको प्रत्यक्ष दर्शीहरुले बताएको छ । बिगतमा पनि सो गाउँ र धर्मपुर गौरी टोलमा जंगली हात्तीले पटक पटक मानवीय र आर्थिक क्षति पुर्याउँदै आएको स्थानीयहरुले दुखेसो पुखेका का छन ।
४ जेष्ठ २०७६, शनिबार
0
Shares
प्रतिक्रिया