१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पन्चाबतिको भीडले एकको मृत्यु ।


५ जेष्ठ २०७६, आइतबार  

0
Shares


महेश सिंह महतो
५ जेष्ट ०७६, सिरहा । सिरहाको लाहन नगरपालिका १७ ढोढनाको राजदेवी मन्दिरमा शनिबारको बली चढाउने लाखै भक्तजनहरुको भीड देखिएको छ । मेलामा भीडभाड र गर्मीको कारण स्थानीयहरुलाई असर परेको छ ।
राजदेवी मन्दिरमा बली चढाउन र मेला हेर्न भक्तजनहरुको भिड लागेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन ।

आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहान स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ । पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ ।
सिरहाको लहान बजारदेखि करिब ६ , ७ किलोमिटर उत्तर भेगमा ढोढनाको बानो गाउदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउन्छ ।

सो भीड मा सिरहाको सुखिपुर नगरपालिका २ बस्ने ४५ बर्षको गोपाल यादबलाई गर्मी र भीडमा फेन्ड भएको थियो। फेन्ड भएका यादब लाई उहाको आफन्तहरु अस्पताल लिआउने क्रम्मा यादबलाई मृत्यु भएको छ । मृत्यु भएको यादबलाई पोस्ट मेडमका लागि लहानस्थित रहेको राम कुमार उमाप्रसाद स्माग अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलका डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  ६ : ३७ बजे