६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सचिव नहुँदा कोञ्ज्योसोमको काम ठप्प


६ जेष्ठ २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
६ जेठ ०७६,कोञ्ज्योसोम । कोञ्ज्योसोम गाँउपालिकाका वडाहरुमा नहुँदा काममा गम्भिर असर परेको छ । गाँउपालिकामा वडा नं.१,२ र ३ मा अहिले वडा सचिव छैनन् । सचिव नहुँदा वडा मार्फत दिदै आएको सेवा ठप्पप्राय छ । गाँउपालिका अध्यक्ष गोपिलाल सिङ्तानका अनुसार कर्मचारी समायोजनमा परेका कर्मचारी कार्यालय नआउदा समस्या थपिएको हो । कार्यालयहरुमा सचिव बाहेक अन्य कर्मचारीहरुको पनि अभाव छ । सिङ्तान भन्छन्,‘एक दुई जना कर्मचारी मात्रै भएर पनि काम नहुने रहेछ । प्रमुख प्रशासकिय अधिकृत छन् तर इन्जिनियरजस्ता प्राविधिकहरु भएनन् भने त्यो काम गरुले गर्न सक्दैनन् ।’ सिङ्तानका अनुसार पाउपालिकामा कर्मचारीको सेट नै नभई छिटो छरिलो काम गर्न कठिनाई छ । ललितपुर खबरसँग कुराकानी को क्रममा सिङ्तानले भने, ‘कर्मचारी नपठाए काम गर्न सकिन्न । संघ र प्रदेश सरसकारले संविधानलाई नै धराप पारिरहेका छन् ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  १ : १६ बजे