१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गज्जव छ, गुप्तेश्वर गुफा (फोटोफिचर)


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
७ जेठ ०७६, भारदेउ । गुप्तेश्वर गुफा । लाग्न सक्छ यो पोखराको गुफा हो । यो हेर्न पोखरा नै पुग्नुपर्छ ।
तर होइन ।
यो ललितपुर भारदेउमा रहेको गुप्तेश्वर गुफा हो । लगनखेलबाट दक्षिणतर्फ ३० किलोमिटर टाढा ।
गुफाभित्र महादेवको मन्दिर छ । मन्दिर पस्ने ठाँउमा अलि अप्ठ्योरो छ । भित्र पस्दा ठाँउ ठाँउमा त्रिशुल राखिएको देखिन्छ । गुफाको शिलामा विभिन्न देवि देवताको आकृती कुँदिए झैं मूर्ति देखिन्छन् । गुफा २५ मिटर लामो छ ।


गुफा पस्न धर्मात्मा भएको जनश्रृति छ । दुव्ला मानिस पनि गुफा पस्न नसकेको देखेका कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्तान भन्छन्, ‘मोटो मानिस गुफा पस्छन् तर कहिले काँही द’व्लो पातलो मान्छे पनि गुफा पस्न नसकेको देख्दा धर्मात्म मात्रै गुफा पस्न सक्छ भन्ने भनाई साचो हो की जस्तो लाग्छ ।’


गुफामा बैशाख पूर्णिमाको दिन मेला लाग्छ । यहाँ मेला भर्न राजधानीलगायत देशका विभिन्न ठाँउका भक्तजन पुग्छन् । प्राकृतिक रुपमा अलौकिक लाग्ने गुप्तेश्वर गुफाभित्र महादेवको मन्दिर दर्शन गर्न गुफा भित्रको रोमाञ्चकारी कठीन यात्रा यात्रुको लागि अस्मरणीय हुनछ ।
कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्तान गुफाको उचित प्रचार प्रसार नहुदा नजिकको तिर्थ हेला भएको गुनासो गर्छन् । भन्छन्, ‘५० लाख काठमाडौंबासीलाई ३० किलोमिटर नजिक रमाइलो गुफा यात्रा गर्न पाइन्छ भन्ने थाहा नै छैन । धेरै मान्छे गुफा हेर्न पोखरा गइरहेका छन् ।


जाने कसरी
लगनखेलबाट सातदोवाटो सुनाकोठी,ठेचो,चापागाँउ हुँदै लेले सरस्वतीकुण्ड पुग्नुस् । लेलेबाट नल्लुतर्फ पाने कालोपत्रे बाटो छ । त्यहीबाटो उकालो लाग्दै गर्दा डाँडामा दुई वटा बाटो भेटिन्छ । तेर्सो कच्ची बाटो पाथिभारा मन्दिर जाने बाटो हो । त्यो छोडेर उकालो लाग्नुस् ।

२० मिनेट मोटरसाइकलको यात्रापछि भारदेउ बजार भेटिन्छ । बजारबाट हाइकिङ्गको बाटोबाट गुप्तेश्वर जान पनि सकिन्छ । गुप्तेश्वर मन्दिर पुग्न एक घण्टा आधा हिड्नुको विकल्प पनि छ । बजारबाट भर्खर खुलेको कच्ची सडकबाट गाडी लैजान सकिन्छ । तर बर्षामा भने हिलो चिप्लो हुन्छ । गुप्तेश्वरको गुफानजिक शिला पुजा गरेको देखिन्छ । नजिकको मान्छे पस्न मिल्ने दुलो भित्र पस्न सकिन्छ । आजकल बत्तीको व्यवस्था भइसकेको छैन । केही दिनमा बत्ती पुग्ने को१ज्योसोम गाँउपालिका अध्यक्ष गोपिलाल सिङ्ताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ७ : ०१ बजे