८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फ्रेञ्च टेनिस फेडरेसनको ओपो पार्टनर नियुक्त


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares

७ जेठ ०७६, काठमाडौं । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ । यस संगैओपो अब तीनबर्षका लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमाप्रिमियम पार्टनरका रुपमाओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो ।
ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्टसंगको सहयात्राको सुरुवात गर्नेछौँ । यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा अझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्तासम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले भने,‘रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमा ओपोको स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौँ । यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो । नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमा आफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तरराष्ट्रिय रणनीतिसंग मेल खाँदो छ ।’
यो पार्टनरसिपमार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभवलगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्ट फोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ । भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइट रुपमै,विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ । यूवा प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमापनि आवद्ध भएको छ । यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवा एथ्लेट्सलाई टूर्नामेन्टसम्म पुग्न सघाउने छ ।
‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसका लागि कडा एथ्लेटिसिजम मात्र नभइ सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ । ओपोको आफ्नो उत्पादन प्रतिको सिद्धान्तसंग यो मिल्दो जुल्दो छ ।’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससंगको यो पार्टनरशिपले संयुक्त भिजन प्रतिबिम्बित गर्नुका साथै हाम्रो यूरोपमा अझ फराकिलो रुपमा उपभोक्तासंग सटिक सम्वाद र सम्बन्ध स्थापित गर्न सघाउनेमा हामी विश्वस्त छौँ ।’
एक वैश्विक ब्राण्डका रुपमाओपोको यूरोपसंग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोससंगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिपमार्फत ओपोको प्रतिबद्धतालाई थपदरिलो तरिकाले प्रस्तुतगर्न सघाएको छ ।
रोल्याण्ड गार्रोससंगको यो सहकार्यका साथै विम्बलडन, एफसीबार्सिलोना र ईन्टरनेशनलक्रिकेट काउन्सिल (आईसीसी)ले ओपोको यूरोपियन बजारमा बलियो लगानीको महत्व दर्साउँछ । आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजार मा आफ्नो ब्यवसाय बृद्धि गर्दै थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्ता माझ पस्कन प्रतिबद्ध छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ११ : १६ बजे