१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


असिना पानीले दक्षिण ललितपुरमा क्षति


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
७ जेठ ०७६,दलचोकी । दक्षिण ललितपुरमा परेको असिना पानीले किसानको बाली नासिएको छ । असिनाका कारण गहुँ,जौ,मकै, धनियालगायत तरकारी बाली नासिएको हो । यस वर्ष बेला बेलामा पानी परेको कारण तरकारीलगायत हिउदे बाली राम्रो भएको तर पछिल्लो पटक परेको असिना पानीले हिउदेबाली नास गरेको भट्टेडाँडाका केदार घिमिरेले बताए ।
दलचोकी लिलाकुमारी घिमिरेले भने आफ्नो बारीमा रोपेको धनिया र सिमी बिग्रेको वताइन् । उनले भनिन्, यस बर्ष मकै पनि असिनाले पात लुछेको छ । तर सानो भएकोले केही नहोला ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  १२ : ०३ बजे