३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


ट्वाइलेटमा पनि मह


८ जेष्ठ २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
७ जेठ ०७६। द्यलचोकी । ललितपुर दलचोकीका असल बहादुर घलानको घर नजिकैको ट्वाइलेमा सधै माहुरी भुनभुनाइरन्छन् । सधै माहुरी भुनभुनाउनुको रहस्य ट्वाइलेट पुगेपछि खुल्छ –ट्वाइलेटमा बनाइएको खोपोमा माहुरी बसेको छन्।


असल बहादुरले ट्वाइलेट बनाउदा सानो खोपो बनाएर छाडेका थिए । उनी भन्छछन्,‘हात धुन सावुन राख्न बत्ती नहुदा टुकी राख्न हुन्छ भनेर खोपो वनाएर छोडेको थिए । त्यही माहुरी आएर बसेछन् ।’


उनी हरेक वर्षको तोरी फुल्ने सिजनमा ४÷५ माना मह झिक्छन् । ट्वाइलेटको मह झिकेर खाएको देखेर गाँउले भने खिसि गर्दा रहेछन् । घलान भन्छन्,‘मौरीको जातै चोखो । उसले मुखमा हालेर ल्याएको रसले बनेको मह जुठो हुँदैन ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  ९ : ४६ बजे