१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेल सडकमा सवारी निषेध


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१० जेठ ०७६,
धापाखेल । धापाखेल सडकमा सवारी चाप बढेपछि स्थानीय प्रशासनले अफिर समयमा ठूला सवारी साधन निषेध गरेको छ । विहान ८ वजेदेखि ११ बजेसम्म र साँझ ३ बजेदेखि ८ बजेसम्म ठूला सवारी साधन यो बाटो प्रयोग गर्न नपाउने ललितपुर महानगरपालिका वडा नं.२४ ले सूचना जारी गरेर जानकारी दिएको हो । वडाले लेखेको सूचनामा ट्राफिक प्रहरी कार्यालय सातदोवाटो र चापागाँउ र धापाखेल प्रहरीलाई बोधार्थ लेखेको छ । कार्यालय समयमा आवत जावत गर्न कठनिाई भएपछि सवार्ी निषेध गरेको पत्रमा उल्लेख छ ।
चापागाँउ सातदोवाटो जीर्ण बजेपछि धेरै सवारीसाधनले धापाखेलको प्रयोग गर्ने भएकाले यो सडकमा सवारी चाप बढेको हो । केही समयअघि सडक मर्मत गर्न स्थानीय बासीन्दाले आन्दोलन गरेपनि प्रशासनले वर्षापछि मात्रै सडक मर्मत गर्न सकिने भन्दै पन्छेको थियो । चापागाँउ सडक मर्मतका लागि स्थानीय प्रशासनले मन्त्रीपरिषद्बाट निर्णय गराएर मात्रै काम गर्न सकिने वताएको छ ।

चापागाँउ सडक जीर्ण बनेपछि धापाखेल सडकमा सवारी चाप बढेको हुँदा आजकल जाम बढ्दै गएको भन्दै

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  १० : २५ बजे