६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मिर्चैयामा भ्यान दुर्घटना २ को मृत्यु २४ घाइते


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares


महेश सिंह महतो
१० जेष्ठ ०७४, सिरहा । सिरहाको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिकास्थित प्रयागपुर चौकमा गएराति बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना दुर्घटना भएको हो। दुर्घटना मा परि दुई मृत्यु भएको हो । एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने अर्को स्थानीय मग्लम होस्पिलमा उचारकै क्रममा मृत्यु भएको छ । सिरहाका ट्राफिक इन्स्पेकटर मिलन बस्नेले जानकारी दिनुभयो । दुर्घटनामा परि २४ जना घाइते भएका छन् । बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाण्डौं जाँदै गरेको र विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग आपमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जनाए । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका अन्दाजी ४५ वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका ७ बस्ने मदन कुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् । ११ जनालाई विराटनगर को विभिन्न होस्पिलमा उपचार भइरहेको छ। ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ७ : ०८ बजे