१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कल्पना दोश्रोपल्ट सगरमाथा चुचुरोमा


११ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
११ जेठ ०७६, ललितपुर । महिला पत्रकार कल्पना महर्जनले दोश्रो पल्ट सगरमाथाको शिखर चुमेकी छिन् । एक्सिपिरेन्स आउटडोर्स नेपाल का रविन्द्र महर्जनका अनुसार जेठ ९ गते विहान १० बजेर २० मिनेटमा सगरमाथा शिखर चुमेकी हुन् ।
कल्पनाले गत बर्ष जेठ ९(मे २३) गते नेपालतर्फबाट सगरमाथा चढेकी थिइन् । यस बर्ष पनि जेठ ९ गते (मे २३)उही दिन चढेकी कल्पनाले उत्तरी मोहडाबाट जेठ ९ गते (मे २३)कै दिन सगरमाथा चढ्न सफल भएकी हुन् ।

कल्पना ०७५ चैत २८ गत चीनको ल्हासातर्पm ललितपुरबाट हिडेकी थिइन् । ४३ औँ दिनमा शिखर चुम्न सफल भएकी हुन् ।

ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराइन् ।
कल्पनालाई ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघलगायतका विभिन्न संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  ७ : ३९ बजे