८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड शुरु


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१७ जेठ ०७६, गोदावरी । अन्तर विद्यालय गोदावरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सेन्ट जेभियर्स स्कुल प्रांगणमा आजबाट शुरु भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा नगर भित्रका १७ विद्यालयका छात्र र छात्रा गरि ५३० जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताको पहिलो दिन आज एथलेटिक्स तर्फको खेलहरु सम्पन्न भएको छ भने भलिबल खेल जारी रहेको छ । प्रतियोगिताको एक विशेष उद्घाटन समारोहबीच संघीय सांसद माननीय नवराज सिलवालले राष्ट्रिय झण्डात्तोलन गर्नु हुँदै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोे ।

प्रतियोगितामा प्रमुख अतिथिबाट भलिबल खेलका प्रादेशिक निर्णायक राजकुमार घलानलाई खेल सामाग्री हस्तान्तरण गरि खेल शुरु गरिएको थियोे । प्रतियोगिता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको सभापतित्वमा गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी, नगर शिक्षा प्रमुख नारायणकाजी काशिछ्वा, वडाअध्यक्षहरु देवेन्द्र बस्नेत, बालमुकुन्द घिमिरे, मुकुन्द पहरी, जगन्नाथ महर्जन लगायतका अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । प्रतियोगिता गोदावरी नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् १३ नं. वडाअध्यक्ष भास्कर थापाको संयोजकत्वमा उप समिति गठन गरि आयोजना गरिएको गोदावरी नगरपालिकाका स्वयंसेवक खेलकुद प्रशिक्षक चिन तामाङले बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।