१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झरुवाराशीमा संस्कार कक्षा सञ्चालन


१८ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
१८ जेठ ०७६,झरुवाराशी । ललितपुरको झरुवाराशीस्थित मुमुक्षु उद्धव शर्माको आश्रममा साना साना वालवालिकाहरुका लागि संस्कार कक्षा संचालन गरिएको छ ।शनिबारबाट शुरु कक्षा हरेक शनिबार ७ वजेबाट ९ बजेसम्म सञ्चनलन हुनेछ ।
कक्षा विदुषी अनुराधा शास्त्री हुनेछ ।
वालमस्तिष्कमा नैतिक,सास्कृतिक,धार्मिक जागरणका लागि संस्कार कक्षा सञ्चालन गरिएको संस्थाका अध्यक्ष शर्माले वताए । उनले भने,हामी वालवालिकाहरुमा उपयोगी जीवनपद्धतीका सामान्य ज्ञान दिनेछौं ।’
वालवालिकाहरुलाई संस्कृत भाषाप्रति आर्कषण जगाउन सहयोग पुग्ने शर्माले वताए ।
आजकल धेरै वालवालिकाहरु व्यस्त जीवनशैलीका कारण अभिभावकहरुबाट टाढा भइरहेका छन् । उनीहरुमा नैतिक र संस्कारका शिक्षा नपाएका अवस्थामा कक्षा सान्र्दभिक रहेको स्थानीय अविभावनहरुको भनाइ छ । वालकक्षामा सामान्य किसिमको वालउपयोगी विभिन्न योगाशन पनि हुनेछ ।
१०८ श्रीमत् भागवत स्वर्णकल्यार्ण परिषद्ले देशभर धार्मिक सास्कृतिक तथा नैतिक शिक्षाका लागि विभिन्न गतिविधि गरिरहेको छ । १०८ भागवत संकल्पकर्ता मुमुक्षु उद्धव शर्माका अनुसार अहिलेसम्म ६३ वटा भागवत् पुराण सम्पन्न भइसकेको छ । ‘हामी भागवत मात्रै लगाउदैनौं । विविध सामाजिक, सास्कृतिक जागरणका गतिविधिहरु भइरहेका छन् ।’ शर्माले ललितपुर खबरसँग भने ।
आश्रममा हरेक एकादशी तिथीमा एकादशी माहात्म्य कथा एवं भक्ती सत्सङ्ग
भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  ९ : २१ बजे