१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडामा एक्टाभेटर पुरियो अपरेटर गम्भिर घाइते


१८ जेष्ठ २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
१८ जेठ ०७६, भट्टेडाँडा । ललितपुरको भट्टेडाँडास्थित बड्केभिरमा सुख्खा पहिरोका कारण एक्टाभेटर पुरिएको छ । पहिरोले पुरिएपछि ललितपुर बुरुञ्चुलीका चालक पूर्ण तामाङ्ग गम्भिर घाइते रहेको स्थानीय दिपक घिमिरे समिरले बताएका छन् । उनका अनुसार घाइतेको उपचारका लागि उपत्यका पठाइएको छ । स्थानीय विजय तामाङ्गका अनुसार चालकको खुट्टा भाचिएको छ । बसलाईलाई साइड दिएको केही सेकेण्डपछि पहिरो गएको कारण ठूलो दुर्घटना टरेको थियो ।
पहिरोले एक्टाभेटर पुरिने क्रममा चालक तामाङ्ग उछिट्टिएर पहिरो बाहिर पुगेका कारण बच्न सफल भएको सडक निर्माणमा खटिएका साइड इञ्चार्ज कुमार कार्की बताए ।

अहिले पहिरो गएको कारण् सडक अवरुद्ध छ ।


प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  ११ : ०० बजे