४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको राष्ट्रपति कप सेन्ट जेभियर्सलाई


१९ जेष्ठ २०७६, आइतबार  

0
Shares

लपु संवाददाता

गोदावरी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीले प्रथम स्थान हासिल गरि रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा सेन्ट जेभियर्स स्कुल प्राङ्गणमा सम्पन्न दुई दिने प्रतियोगितामा प्राप्त पदकको आधारमा बज्र एकेडेमी झरुवारासी टिम द्वितीय र तृतीय स्थानमा भने सरस्वती मा वि लेले र क्रसेन्ट एकेडेमी गोदावरीको पदक संख्या बराबर भएकोले गोलाप्रथामा सरस्वती मावि लेले टिम तृतीय हुन सफल भएका छन् ।
गोदावरी नगरपालिका भित्रका १७ विद्यालयहरुको सहभागीता रहेको प्रतियोगिताको मार्च पासमा पुष्पाञ्जली स्कुल टौखेल प्रथम भई उत्कृष्ट मार्च पासको ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । सम्पूर्ण बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई संघिय सांसद नवराज सिल्वाल, सासंद लालकुमारी पुन,सासंद चेतनाथ सञ्जेल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगिता वडा नं. १३ का वडाअध्यक्ष भास्कर थापाको संयोजकत्वमा उप समिति गठन गरि आयोजना गरिएको थियोे । कार्यक्रममा गोदावरी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु प्रधान अध्यापकहरु बिच २०० मिटर दौड समेत आयोजना गरिएको थियोे जस्मा सरस्वती मावि लेलेका नानीराम सञ्जेलले प्रथम हुन सफल भई रु. ५००० प्राप्त गरेको स्वयंसेवक खेलकुद प्रशिक्षक चिन तामाङले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ७ : २० बजे