१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा पर्यटकलाई ट्वाइलेट समस्या


२० जेष्ठ २०७६, सोमबार  

0
Shares

पाटन दरवार परिसरमा आइतबार डुल्दै पर्यटक । तस्विरहरु: ललितपुर खबर

लपु संवाददाता
२० जेठ ०७६, पाटन दरवार स्क्वायर । पाटनमा घुम्न आउने पर्यटकहरुका लागि ट्वाइलेट नहुँदा समस्या पर्ने गरेको छ । पाटन दरवारभित्र एउटा मात्र ट्वाइलेट रहेको र अन्य ठाँउमा घुम्ने पर्यटकलाई समस्या पर्ने गरेको हो ।
पाटन दरवार परिसरमा टिकट काउण्टरमा काम गर्ने महानगरपालिकाका कर्मचारी युगेश महर्जनले पर्यटकको लागि पाटनभरिमा पुल्चोक र पाटन दरवारपरिसरमा २ वटा मात्रै ट्वाइलेट रहेको जानकारी दिए ।
‘पर्यटकहरुले ट्वाइलेट समस्या देखाएर सधै हामीलाई गुनासो गर्छन् । हामीलाई के भन्नु न के भन्नु हुन्छ ।’ महर्जन भन्छन् । भएको एउटा ट्वाइलेट पनि फोहोर भएको धेरैको गुनासो आउने उनले वताए ।

दरवार परिसरमा टिकट काउण्टरमा काम गर्ने महानगरकी कर्मचारी अर्चना अर्चना महर्जनका अनुसार पाटन क्षेत्रमा सामान्यतया दिनको २ लाख पचास हजार पर्यटक शुल्क उठ्छ । ‘पर्यटकलाई ट्वाइलेट छैन हखा टोलमा रहेको गाडी राख्ने पार्किङ्गमा ट्याक्सी र नीजि गाडीले ढाकिएको हुन्छ । पर्यटकलाई समस्या नै समस्या छ’ अर्चनाले भनिन् ।
पर्यटकहरुले सुझाव पुस्तिकामा ट्वाइलेट समस्या नै लेख्ने गरेको वताए पाटन दरवार परिसरको टिकट काउण्टर इन्चार्ज विपिन बज्रायार्यले बताए ।
पाटन दरवारमा घुम्ने पर्टटकहरुलाई मात्रै ट्वाइलेट सुविधा छ । बाहिर गोल्डेन टेयाम्पल,कुमारीघर,सुन्धारातिर जाने पर्यटकहरुलाई भने आपत पर्ने गरेको पर्यटक प्रहरी प्रनानी प्रमुख सागर थापाले वताए । पाटन क्षेत्रमा पर्यटक ट्वाइलेट नहुँदा हुने समस्या समाधानका लागि उद्योग वाणिज्य संघले ट्वाइलेट प्रयोग गर्न दिन आह्वान गरेको जानकारी दिए ।

नवनिर्मित ट्वाइलेट । तस्विर ः ललितपुर खबर


पाटन दरवार परिसरमा रहेको भण्डारखाल बगैचामा पर्यटकहरुका लागि ट्वाइलेट निर्माण भइरहेको विपिनले बताए । उनले भने, ‘हामीले चाहेर पनि यस क्षेत्रमा ट्वाइलेट बनाउन सक्दैनौं । विश्व सम्पदा सूचिमा सूचिकृत यस ठाँउमा नयाँ संरचना बनाउन पाइदैन ।’

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ८ : १६ बजे