१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनका दुर्लभ कलात्मक मूर्तिहरु


२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
२१ जेठ ०७६, पाटन दरवार स्क्वायर । पाटन दरवार स्क्वायरभित्र घुम्नलायक धेरै ठाँउ छन् । दरवारभित्र पस्नासाथ मुलचोक र सुन्दरीचोक पुगिन्छ । दरवारभित्र खुला ठाँउ भण्डारखाल बगैचा छ । पाटन दरवार भित्र मल्ल राजाहरुले प्रयोग गरेको ठाँउमा अहिले विभिन्न ऐतिहासिक पुरातात्विक बस्तुहरु संग्रह गरिएको छ । यहाँको संग्रालयमा पुराना हस्तकला र काष्ठकलाका मूर्तिहरु सझाइएको छ । यहाँ विभिन्न देवि देवताहरुको मूर्तिहरुमा देवताका विभिन्न आसनमा देख्न सकिन्छ ।
पाटनका पुराना हस्तकलाका मूतिहरु धेरै हराई सके । बेला बेलामा गएका भुकम्पका कारण केही क्षति भए । केही हराए । यी कलात्मक बस्तुहरु दुर्भभ छन् ।


संग्रालय अवलोकन गर्ने दर्शकहरुले अलौकिक काष्ठकलाको संग्रह गर्न सक्नेछन् । केहि समयअघि खेलेको यो संग्रालयमा अडियो भिजुअल अवलोकन समेत गर्न सकिन्छ ।
यहाँ दरवार स्क्वायर, मच्छिन्द्रनाथको मन्दिरको पनि भिजुअल कला दृश्यावलोकन गर्ने व्यावस्था मिलाइएको छ । प्रोजेक्टरबाट २ सय वर्ष अघिको २ सय वर्ष पुरानो गोसाइकुण्ड जाने बाटोको कला चित्र देखाइन्छ । जुन चित्र अमेरिकाको फिलाडेलफिया राज्यको संग्रालयमा फेला परेको थियो । अडियो भिजुअलमा फिल्म सिलुको गीत सुन्न सकिन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  १२ : १४ बजे