१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सासंदको अनुगमन दृश्य


२९ जेष्ठ २०७६, बुधबार  

0
Shares

त्रिखण्डी माल्टा सडक निरिक्षणको क्रममा चौडाई नाप्दै सासंद सञ्जेल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२९ जेठ, ०७६, ललितपुर । ललितपुरका विकाश परियोजनामा सासंदहरुले अनुगमन बढाएका छन् । प्रदेश तथा सासंदले ल्याएका विभिन्न विकाश परियोजना अन्तिम चरणमा पुगेपछि गत आर्थिक वर्षको बजेट फच्र्यौटका लागि अनुगमन भइरहेका हुन् । यिनै विकाशका योजना सही ढंगले काम भइरहेका छन् छैनन त्यसको अनुगमन र निरिक्षण गरिरहेको प्रदेश सासंद चेतनाथ सञ्जेलले बताए । मंगलबार सासंद चेतनाथ सञ्जेलले भट्टेडाँडा हेल्थपोष्ट, माल्टा त्रिखण्डी सडक,कालीदेवि मा वि, प्युटार र गिम्दी वाजगाँउ सडकको निरिक्षण गरे ।

लेलेमा अनुगमन गर्दै सासंद सिलवाल ।


अनुगमनको क्रममा भट्टेडाँडा अस्पतालमा एक्स रे मेसिन जडान, र वेड संख्या थपिएकोे पाइएको छ । त्रिखण्डी माल्टा सडक भने चौडाई नपुग्ने गरि निर्माण भएको पाइएको छ ।
प्रदेश सरकारको योजनामा गिम्दी वाजगाँउ सडक निर्माण सन्तोषजनक रुपमा अघि बढेको वागमती गाँउपालिका गिम्दी क्षेत्रका वडाध्यक्ष नवराज सञ्जेलले वताए ।
सासंद नवराज सिलवालले पनि केही दिनअघि लेलेमा निर्माणाधिन सामुदायिक भवनको अनुगमन गरे ।
अनुगमनपछि सासंद सिलवालले सबै परियोजनामा सन्तोषजनक रुपमा काम भइरहेको ललितपुर खबरलाई बताए । उनले भने, ‘सासंद विकाश कोष र केन्द्रले अघि बढाएको योजनाहरु ७०÷८० प्रतिशत काम पुरा भाइएका छ । यही आर्थिकवर्षभित्र सबै पुरा हुन्छ ।’

तपेश्वर धामको काम हेर्दै पुन ।


ललितपुरकी प्रदेश सासंद लालकुमारी पुनले पनि अनुगमन अघि वढाएकी छिन् । सासंद पुनले तपेश्वर धामको निरिक्षण गरिन् ।

सासंद चेतनाथ सञ्जेलले गरेको अनुगमनका क्रममा देखिएका दृश्यहरु ः

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ७ : १२ बजे