१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडा हेल्थ पोष्टमा एक्सरे मेसिन


२९ जेष्ठ २०७६, बुधबार  

0
Shares

छातीको एक्स रे गरिदै ।


लपु संवाददाता
२९ जेठ ०७६, भट्टेडाँडा । भट्टेडाँडा अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा आएको छ । दक्षिण ललितपुरमै पहिलो पल्ट एक्सरे सहित डाक्टरबाट स्वास्थ्य सेवा संचालनमा ल्याइएको हो । तीन महिना अघि नै ल्याएको भए पनि भर्खरै जडान गरेर सञ्चालनमा ल्याइएको अस्पतालका स्वास्थ्य संयोजक राजकुमार सापकोटाले ललितपुर खबरलाई बताए । उनका अनुसार सेवा विस्तारको विधिवत उद्घाटनसँगै अस्पतालको नाम परिवर्तन गरि भट्टेडाँडा अस्पताल राखिने छ ।

एक्सरे मेसिनबारे जानकारी गराउदै स्वास्थ्य संयोजक राजकुमार सापकोटा । तस्विर ः ललितपुर खबर


रु २५ लाख खर्चमा रेक्सरे मेसिन जडान भएको हो । एक्सरे मेसिन सञ्चालनपछि दक्षिण ललितपुरको शंखु, भट्टेडाँडा,इकुडोल,माल्टा,आश्राङ्ग,प्युटार गिम्दी, ठुलादुलुङ्गलगायत उत्तरी मकवानपुरका इपा, ठिङ्गगन,अम्वासलगायतका स्थानीय बासिन्दाले सहज उपचार पाउनेछन् ।
एक्सरेसँगै इसिजी,अक्सिजनको सुविधा पनि थपिएको छ ।
स्वास्थ्य सेवा विस्तार कार्यक्रमबाट डाक्टर सहित ५ जना स्थास्थ्य कर्मचारी थपेर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा डा. प्रकाश दंगालसहितको टोलीले अहिले स्वास्थ्य सेवा दिइरहेको छ ।

इसिजी मेसिन देखाउदै सापकोटा ।


सासंद चेतनाथ सञ्जेललेका अनुसार ‘प्रदेशबाट वजेट छुट्याएर डाक्टर सहितको सेवा विस्तार गरिएको हो ।उनले भने, ‘गाँउपालिकाको खातामा रेक्सरे, इसिजीलगायतका सरसामान खरिद गर्न र अन्य काम का लागि रु.६० लाखको बजेट गााँउपालिकालाई पठाएका हौ ।’
डाक्टर बस्न थालेपछि अस्पतालमा विरामीको संख्या बढेको राजकुमार सापकोटाले जानकारी दिए ।‘कान्तिलोकपथ हुँदै सिधै काठमाडौं उपचार गर्न काठमाडौं जाने विरामीहरु आजकल भट्टेडाँडा झर्ने गरेका छन् ।’ सापकोटाले भने ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ९ : २७ बजे