६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एउटा रमाइलो हवाइ संग्रालय


३० जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
३० जेठ ०७६, सिनामंगल । धुलो,धुवा,ट्राफिक जाम अनि कोलाहलपूर्ण काठमाडौंमा शान्तिले सास फेर्ने कहाँ होला ? शनिबार छुट्टीको दिन बच्चा बच्चीहरुलाई लिएर जाने कहाँ होला ? धेरैलाई लाग्छ काठमाडौंमा घुम्ने ठाँउ नै छैन ।
तर होइन
काठमाडौंमा घुम्ने रमाइला ठाँउहरु छन् । त्यस मध्ये हो –एभिएशन म्युजियम । यो म्युजियम घुम्नमा रमाइलो छ । ज्ञानवद्र्धक पनि ।


यहाँ सयौंका संख्यामा संसारका अनौठा जहाजको डमी हेर्न पाइन्छ । रोचक जहाज निर्माणबारे ऐतिहासिक तथ्य र तस्विर छन् ।
हवाई जहाज चढ्नु हाम्रा लागि अस्मरणिय क्षण हो । धेरै मानिसका लागि ठूलो जहाज चढ्ने मौका नमिल्न पनि सक्छ । त्यसैले जहाज चढ्ने भोक मेटाउन पनि यो संग्रालय घुम्नुलायक छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रका विमानचालक वेद उप्रेतीले यो संग्रालय सञ्चालनमा ल्याएका हुन् ।


एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा रहेको छ । उनले यस्तै संग्रालय धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरको एयरबस–३३० जहाजलाई एभिएसन म्युजियम बनाउन बनाइएको हो । चार सय ४४ यात्रु सिट क्षमताको यो विमानको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । टर्किस विमान विसं २०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटना भएको थियो । म्युजियमको लगानी छ करोड खर्च भएको छ ।


एयरबसको ककपिटभित्र बसेर अवलोकनकर्ताले पाइलटको सिटमा बसेर जहाज चलाउने तरिका सिक्न सक्छन् । संग्रालयमा बसेका एअर होस्टेजले तपाईलाई जहाज चलाउन सिकाइदिन्छन् । जहाजमा संसारमा पहिलोपल्ट हवाईजहाज बनाएर चलाउने राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका चलनचल्तीमा रहेका मोडेल हवाई जहाजहरु राखिएको छ । यहाँ प्रोजेक्टरमार्फत हवाईजहाजको इतिहाससम्बिन्धि वृत्तचित्र हेर्न पनि पाइन्छ ।


ज्हाजभित्र प्रवेश गरेपछि संग्रालयका सञ्चालक वेद उप्रेतीले जहाजबाट खिचेका नेपालको एरियल फोटोग्राफी (आकाशबाट खिचिएका तस्बिरहरु ) राखिएका छन् । संग्रलय परिसरमा फिस्टेल एयरको हेलिकोप्टर पनि छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ८ : ३३ बजे