१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कल्याणपुरका वडाध्यक्षले गाँउले कुटे


३० जेष्ठ २०७६, बिहिबार  

0
Shares

महेश सिंह महतो
३० जेष्ठ ०७६,सिराहा । सिरहाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्ष र उनका मान्छेको कुटाईबाट दुई स्थानिय घाईते भएको छन् । सिरहा जिल्लाको कल्याणपुरको नालाको विषयलााई लिएर बिबाद भएको पैन्चैतिमा कल्याणपुर नगरपालिका ११ वडाका वडा अध्यक्षको कुटपिटबाट स्थानीय वडा नं १० बस्ने बर्ष ६५ वर्षीय किसुनदेब यादब, उनका छोरा संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताको छ । समान्य नालाको विषय लिएर कल्याणपुर नगरपालिका १० मा पैनचैतिको लागी बसेको वेला अध्यक्ष राजेश्वर यादब उनका आफन्तको कुटाईबाट घाइते भएको पिडितहरुका भनाइ छ । तर सामान्य नालाको विषय लिएर कुराकानीमा भएको र विवाद आफूसित नभएको वडा अध्यक्ष राजेश्वर यादवले बताए । यता १० नं।का वडा अध्यक्ष धनवीर मंडल धानुक संग यो विषयमा बुझ्दा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत आफुलाई कुनै किसिमको जानकारी नभएको बताए ।
घाईते ६५ वर्षीय किसुनदेब यादबलाई नाकमा चोट लागेको छ भने उनका छोरा २१ वर्षीय छोरा संजय यादबको हात काटिएका छ । उनीहरुको उपचारको लागि मिर्चैया अस्पताल लगिएको छ । घटनाबारे बिस्तृत जानकारी अनुसन्ंधानपछि आउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएस।पी सुकदेव खनालले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ११ : २२ बजे