१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा उर्लियो मानवसागर


३० जेष्ठ २०७६, बिहिबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३० जेठ ०७६, मंगलबजार । गुठी विद्ययकको विरोधमा विहीबार पाटनमा विशाल प्रर्दशन भएको छ । पाटनको मंगलबजारमा भेला भएका पाटनबासीहरु सरकारविरुद्ध चर्का नारा लगाउदै शहर घुमेका थिए ।

मंगलबजारबाट शुरु भएको ¥याली सुन्धारा,लगनखेल,टंगल हुँदै पुनः मंगलबजार पुगेको थियो । मंगलबजारमा कोणसभा गरिएको थियो ।
सभामा बोल्ने बक्ताहरुले सरकारले ल्याएको विद्ययकले नेवारी संस्कृतीमा गम्भिर आघात पुग्ने बताए । विद्ययक फिर्ता लिन माग गर्दै सरकार विरुद्ध चर्का नारा लगाइएको थियो ।

विरोध कार्यक्रममा हजारौं पाटनबासी सडकमा ओर्लेका थिए । पाटनमा लोकतान्त्रिक आन्दोलनपछिकै ठूलो मानव सागर भेला भएको सहभागीहरु टिप्पणी गरिरहेका थिए ।

जुलुस शान्तिपूर्ण थियो । धेरै सहभागीहरुले राष्ट्रिय झण्डा फहराएका थिए । विरोध कार्यक्रममा केटाकेटी र बुढाबुढीहरु समेत आएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ८ : ४० बजे