१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनावारको अनौठो प्रर्दशन


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
३२ जेठ ०७६, काठमाडौं । शुक्रबार राजधानीको रत्नपार्कमा बोका,कुखुरा,भैसी बंगर को भेषमा पशु हत्याको विरोध गर्दै प्लेकार्ड बोकेर युवाहरु निस्किए । ¥याली असन,हुँदै शहरका विभिन्न गल्ली घुम्दै ठमेल पुग्यो । सहभागी जनावरको भेषधारीहरुले ‘हत्या हिंसा बन्द गर’ भन्दै चर्का नारा लगाए ।


दृश्य हेर्दा लाग्थ्या,े सडकमा जनावरहरु नै आएर नारा लगाइरहेको छन् । कुखुरा,बोका,बंगुर र भैसीको ठ्याक्कै उस्तै देखिने मुकुण्डो लगाएका मान्छेहरु सडकमा प्रर्दशन गरिरहेका थिए ।
पशु कल्यार्ण संघले गढीमाई मेलाको सन्दर्भका पशु अधिकारको पक्षमा प्रर्दशन गरेको हो । पशु वली अन्त्यका लागि आह्वान गर्दै कानून संशोधनको माग गर्दै नारा लगाइएको हो ।


पशुमाथि क्रुरताको अन्त्य कानूनी व्यवस्था नभएसम्म हुने तर्क गर्दै पशु अधिकार संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, जनावरको रगत चढाउनुको साटो फलफुल र तरकारीको वली दिने प्रचलन शुरु गर्नु जरुरी छ ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ८ : ३३ बजे