६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडाका भुकम्पपिडितले अझै अनुदान पाएनन्


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
३२ जेठ ०७६, भट्टेडाँडा । २०७२ भुकम्पबाट घर लडाएको ४ वर्ष पुरा भए पनि भट्टेडाँडाका ७ घर परिवारले अझैं किस्ता वापतको रकम पाएका छनन् । कान्तिलोकपथको सडक मापदण्डमा परेका ती घरहरुले सरकारको वेवास्ताका कारण अनुदान नपाएका हुन् ।
केही समयअघि १० घरले किस्ता बुझे पनि बाँकी घर धुरीले पाएका छैनन् । १७ मिटर सडक मापदण्डभित्र परेका घरहरुलाई भुकम्पपिडितले पाउने किस्ता दिएको सूचना पाएपछि कान्तिलोक पथ सडक विस्तार आयोजनाले पुर्ननिर्माण प्राधिकरणलाई परिपत्र गरेपछि रोकिएको सथानीय रमेश सञ्जेलले जानकारी दिए ।

कान्तिलोकपथबाट १५ मिटर नजिकका रहेका यी घरहरु सडक विस्तारपछि तत्कालै भत्काउनु भने पदैन । एक स्थानीयले राजनीतिक खिचातानीको कारण भुकम्प पिडितहरको अनुदान वितरणमा नभएको आरोप लगाए ।
भट्टेडाँडामा पछिल्लो चरणमा ११६ घरले भुकम्पपिडितले पाउनु पर्ने अनुदानका लागि फरम भरेका छन् । स्थानीय रमेश सञ्जेलले भुकम्पपिडितहरुले पाउने अनुदानको रकम दिलाउन पहल भइरहेको वताए ।
वडाध्यक्ष विष्णु तिमल्सिनाले पिडितलाई रकम दिन पहल भइरहेको वताए । १७

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  १० : ३३ बजे