१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुठी विधेयकको विरोधमा विशाल प्रर्दशन हुने


३ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३ असार ०७६, ललितपुर । गुठी विधेयकको विरोधमा माइतीघरमा भोलि बुधबार १२ बजे प्रर्दशन हुने भएको छ । एक साताअघिदेखिको प्रचारपछि राजधानीको ललितपुर भक्तपुर र काठमाडौंका रैथाने नेवार समुदाय प्रर्दशनमा उत्रन लागेका हुन् ।
गुठी विधेयकको विरोधमा गतसाता माइतीघरमा भएको प्रर्दशनको क्रममा प्रहरीले दमन गरेपछि राजधानीका विभिन्न शहरमा निरन्तर प्रर्दशन भइरहेको छ ।
सत्तापक्षिय सभासदहरु गुठी विधेयकको सक्षामा बोल्दै प्रतिवाद गर्न थालेपछि काठमाडौं उपत्यकाका नेवार समुदाय थप चिडिएका छन् । बुधबारको प्रर्दशनमा बाक्लो उपस्थिती हुने आकलन छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : ४९ बजे