११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोमा पनि मसाल जुलुस


३ असार २०७६, मंगलबार  

0
Shares

hलपु संवाददाता
३ असार ०७६, ठेचो । सरकारले गुठी विधेयक संसदबाट फिर्ता लिने निर्णय सार्वजनिक भए पनि राजधानीका नेवारी बस्तीमा विरोधमा स्वर बन्द भएको छैन । मंगलबार साँझ ८ बजे ललितपुरको ठेचोमा पनि गुठी विधेयकको विरोध गर्दै सथानीयबासीले मसाल जुलुस निकाले ।
एक स्थानीयले बताए अनुसार मसाल जुलुसमा करिव ३ सय सहभागी थिए । जुलुसमा सहभागीहरुले सरकारको विरोधमा चर्का नारा लगाएका थिए ।
मसाल जुलुस ठेचोको चोय लाक्षीदेखि शुरु भएको थियो भने धापाखेल दोवाटोसम्म पुगेर कोण सभामा परिणत भएको थियो ।
भोलि माइती घरमा हुने प्रर्दशनको पुर्वसन्ध्यामा मसाल जुलुस निकालिएको
स्थानीय बताउछन् । बुधबार माइतीघर मण्डलामा प्रर्दशनका लागि ६ वटा गाडी तयार अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : २६ बजे