१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


माइतीघरमा मानवसागर उर्लियो


४ असार २०७६, बुधबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
४ असार ०७६, काठमाडौं । राजधानीको माइतीघर मण्डलामा आज(असार ४ गते) मानव सागर उर्लेको छ । सम्भवतः लोकतान्त्रिक आन्दोलनपछिकै धेरै मानिस प्रर्दशनमा उत्रेका हुन् । काठमाडौं,ललितपुर, भक्तपुर काभ्रेलगायत जिल्लाका विभिन्न शहरबाट सहभागी हुन आएका जनसमुदायहरुले धिमेबाजा सहित सास्कृतिक वाजागाजासमित सहभागी थिए ।
माइतीघर मण्डला भरिएर प्रर्दशनकारी थापाथलीदेखि बबर महलसम्म पुगेका छन् भने भद्रकाली सडकतिरबाट उत्तिकै मानिस देखिन्छन् ।
ललितपुर पुल्चोकमा जम्मा भएर ¥याली सहित माइती घर पुगेको थियो
। भक्तपुरबाट आएको ¥याली बानेश्वरबाट अघि बढेको छ । टोखा लगायतका उत्तरी भेगको ¥याली सुन्धाराबाट अघि बढेको छ । किर्तिपुरलगायत दक्षिणी काठमाडौंबाट प्रर्दशनमा सहभागीहरु कालीमाटीबाट हुँदै माइतीघर आएका हुन् । ।
मंगलबार नै सरकारले गुठी विधेयक फिर्ता लिए पनि फेरि विधेयक पेश हुन सक्ने आशंकामा नेवारी समुदायले खबरदारी सभा गरेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ०८ बजे