२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका हजारौं भुकम्पपिडित सरकारी सम्पर्कबाहिर


५ असार २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
५ असार ०७६, ललितपुर । २०७२ सालको महाभुकम्पछि घरबास क्षति भएका ललितपुरका बासिन्दा पुर्ननिर्माण प्रधिकरणमा सम्पर्क नगरी बसेको पाइएको छ ।
२०७५ सालको चैत्र मसान्तसम्म पुर्ननिर्माण प्राधिकरणमा उपलव्ध भएका डाटा अनुसार ललितपुरमा २८ हजार ४ सय ३५ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लिएका थिए । ती मध्ये २३ हजार ८ सय १८ जनाले घर निर्मााण गरेर दोश्रो वा तेश्रो किस्ता लिएका छन् । तर ४ हजार ६ सय १७ जना भुकम्पपिडित घरधनी भने पहिलो किस्ता लिएपछि पुर्ननिर्माण प्राधिरकणसँग सम्पर्कमा आएका छैनन् ।
ललितपुर महाँगरपालिकामा नीजि घर बनाउने ११.२ प्रतिशत, महालक्ष्मी नगरपालिका १९.८ प्रतिशत, गोदावरी नगरपालिका २२.४ प्रतिशत,कोञ्ज्योसोम गाँउपालिका ६३प्रतिशत,वागमती गाँउपालिका ५६.२ प्रतिशत र महाँकाल गाँउपालिका ४८.६ प्रतिशत रहेका छ ।
औशतमा ललितपु्रमा भुकम्पपिडितले २८ प्रतिशत घर निर्माण भएको देखिन्छ ।
बस्नका लागि अयोग्य रहेको २८ वटा घर सार्नु पर्ने अवस्था रहेको पुर्ननिर्माण प्रधिकरणको अभिलेखमा छ । त्यसमध्ये १० घर मालिककले प्राधिकरणबाट २ लाख लिएको पुर्ननिर्माण प्राधिरकणका अनुगमन तथा मुल्याङ्गकन विज्ञ जिल्ला कार्यान्वयन इकाई प्रमुख यमनाथ गिरीले बताए ।


उनका अनुसार पुर्ननिर्माण प्रधिकरणसँग सम्झौतापछि बैकमा जम्मा भएको ५५० घर धनीले पहिलो किस्ता बापतको रकम ननिकालेको पनि उनले बताए । ललितपुरमा १६ वटा गुम्बाहरु पुर्ननिर्माणको क्रममा छन् । उनीहरुले २५ लाखसम्म अनुदान पाउनेछन् ।
ललितपुरका ३ वटा सडक पनि निर्माण भइरहेको छ । गोदावरी लेले टिकाभैरव पुर्ननिर्माण भइरहेको छ भने ठैव गोदामचौर सडक भने निर्माण भइरहेको छ । बडिखेल सडक भने निर्माणको चरणमा छ ।
विहीबार मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले ललितपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै ललितपुरमा नीति घरहरु निर्माण सम्वन्धमा यी तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ८ : ५२ बजे