२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शुक्रबार राजधानीमा शैक्षिक हड्ताल


६ असार २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
५ असार ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रबार शैक्षिक हड्तालको कार्यक्रम राखेको छ । हड्तालका कारण राजधानीका शैक्षिक संस्था सम्भवतः शुक्रबार बन्द हुनेछन् ।
ह्ड्ताल आफ्ना कार्यकर्ता पक्राउ भएका जिल्लामा मात्रै हुनेछ । ललितपुरमा पनि विप्लवका कार्यकर्ता थुनिएका कारण शुक्रबार दिनभर शैक्षिक संघ संस्था प्रभावित हुनेछन् ।
आफ्ना कार्यकर्ता पक्राउको विरोधमा एक साता अघि नै कार्यक्रम तय भएको थियो ।
सरकारले पुष्प न्यौपाने,मिलन राई, मदन चन्द,प्रम शाही, अटल पाण्डे,काजी गुरुङ्क,बबरजंग सिंह,प्रकाश बास्तोला,राधेश्याम शाह,भुपति शाह,नरसुर बमी र आश्था नेपालीलगायत विप्लवका कार्यकर्तालाई थुनेपछि निशर्त छोड्नु पर्ने माग राखेर शैक्षिक संस्था हड्ताल गरेको हो ।
पार्टीले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं,ललितपुर,धादिङ्ग,भक्तपुर,बारा,पर्सा, कास्की, बाँके,कैलाली, जाजरकोट र मुगु जिल्लाहरुका शैक्षिक संस्था बन्द हुनेछन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ५४ बजे