२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राष्ट्रिय परिचय पत्र वितरण शुरु, सर्वसाधारणलाई पछि


६ असार २०७६, शुक्रबार  

0
Shares

एक कर्मचारी परिचय पत्रका लागि फोटो खिचाउदै । तस्विर ः ः ललितपुर खबर


लपु संवाददाता
६ असार ०७६, ललितपुर । राष्ट्रिय परिचय–पत्र बुधबारबाट औपचारिक रुपमा ललितपुरबाट वितरण गरिए पनि सर्वसाधारणहरुलाई भने अर्को महिनाबाट वितरण शुरु हुने भएको छ ।
जिल्लामा परिचय पत्र वितरण शुरु गरिए पनि तत्काल सर्वसाधारणहरु कहाँ गएर तत्काल परिचय पत्र वितरण हुने छैन । यो महिनामा जिल्लाका सरकारी कर्मचारीहरुलाई पहिले वितरण गर्ने योजना रहेको सहायक जिल्ला अधिकारी खिमराज भुसाललले बताए । उनले भने परिचय पत्र बनाउन भनेर कोही आए विवरण संकलन गछौं । तर अर्को महिनाबाट पालिका र वडामै हामी परिचय पत्र बनाउन फोटो खिच्न जान्छौं ।
राष्ट्रिय परिचय पत्र विभागले जिल्ला प्रशासन कार्यालय परिसरमा जिल्ला कार्यालय खोलेर परिचय वितरण शुरु गरिएको हो । बुधबार ललितपुरका माननीय त्रेय नवराज सिलवाल,कृष्णलाल महर्जन र पम्फा भुसाललाई हातैमा परिचयपत्र थमाएर उद्घाटन गरिएको छ ।
यस अघि सरकारले सिंहदरवारको कर्मचारी र अख्तियारको कर्मचारीलाई परिचय पत्र वितरण गरिसकेको छ ।
परिचय पत्रमा वायोमेट्रिक विवरणहरु समेत संकलन हुने सहायक प्रमुख जिल्ला अधिकारी भुसालले ललितपुर खबरलाई बताए । उनका अनुसार तस्विरमार्फत चेहराको रेकर्डसँगै दशै औलाको छाप डिजिटल मार्फत संग्रह गरिनेछ । परिचय पत्रमा आँखाको रेटिनाको तस्विर समेत संकलन गरेर राखिनेछ ।
पाँचथर जिल्लामा परिचय पत्र वितरण सकिएको छ । यस वर्ष भने देशभरका १५ जिल्लामा परिचय पत्र वितरण गरिनेछ । उपत्यकामा ललितपुर जिल्लामा परिचय पत्र वितराण हुदैछ ।
नेपाल सरकारले सरकारी काम काजका लागि डिजिटल विवरण एककृत रुपमा संकलन गर्न लागेको छ । परिचय पत्रका एटिएममा जस्तै सानो चिप्स हुन्छ । सरकारको भविश्यमा नागरिकताको विकल्पको रुपमा राष्ट्रिय परिचय पत्र लागू गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ३५ बजे