१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार आक्रामणकारी पक्राउ गर्न माग


७ असार २०७६, शनिबार  

0
Shares

पत्रकार सम्मेलनमा बोल्दै बुढाथोकी ।

६ असार ०७६, काठमाडौं । सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको उनीहरुको भनाई छ । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । उनको हाल काठमाडौंस्थित् अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ ।
कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले पत्रकार बस्नेतमाथि आक्रामण गर्नेमध्ये एकजनालाई पक्राउ गरेको तर मुख्य आक्रमणकारीलाई प्रहरीले पक्राउ नगरेको पनि गुनासो पोखे ।
उनले भने,‘पत्रकारलाई आक्रामण गर्नेहरु माथिको पावरमा सुरक्षित छन् भनिएको छ । हामीले आजमात्रै किटानी जाहेरी दिएका छौं । अब हेरौं, दोषीलाई कारबाही हुन्छ कि हुँदैन् ।’
उक्त दिन भएको सांघातिक आक्रमणको अडियो रेकर्डपनि आफूहरुसँग सुरक्षित रहेको बुढाथोकीले जनाए । उनले भने,‘हाम्रो सम्पादक बस्नेतजी समाचार संकलनको क्रममा सांघातिक आक्रमणमा पर्नुभयो । त्यति बेला उहाँले घट्नाको सम्पूर्ण कुरा अडियोमा रेकर्ड गराउनुभएको थियो ।’ उक्त घट्नाबारे पत्रकार महासंघले समेत आजमात्रै प्रेस विज्ञप्ती जारी गरेर निन्दा गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : २३ बजे