२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथमा पहिरो, सडक खुलाउन समस्या


७ असार २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
७ असार ०७६, भट्टेडाँडा । दक्षिण ललितपुरमा झरी परेपछि भट्टेडाँडास्थित कार्कीबासमा पहिरो गएको छ । पहिरोका कारण वागमती गाँउपालिकालगायत उत्तरी मकवानपुरका स्थानीयलाई राजधानी ओहोर दोहोर गर्न समस्या भएको छ ।
पहिरोका कारण शुक्रबारबाट दूध र तरकारीलगायत सरसामान राजधानी पठाउन समस्या परेको छ ।
वडाध्यक्ष विष्णु तिमल्सिनाको अनुसार पानी परेको कारण ढुंगा झर्ने क्रम अझै रोकिएको छैन । उनले भने,‘डोजर जानसकेको छैन । पहिरो झर्न रोकिएपछि बाटो खुल्छ ।’

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ५ : ०६ बजे