२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको व्याकआउट सरकारको लोडसेडिङ्गले विथोलियो


८ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
८ असार ०७६,पाटन । भूमि सुधार व्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन मार्फत फिर्ता लिएको गुठी विधेयक सरकारले फेरी संसदबाट अघि बढाउने आशंकामा आन्दोलित नेवारी समुदायले शनिबार साझ ७ः ३० देखि ७ः ४५ सम्म व्ल्याक आउट (बत्ती निभाउने) कार्यक्रम राखेका थिए ।


तर साँझको व्ल्याक आउट कार्यक्रम पाटनमा विद्युत् प्राधिरणका कारण विथोलिएको छ । पाटन क्षेत्रमा ७ बजेबाटै बत्ती गएको थियो । व्ल्याक आउट गर्ने योजना बनाएर बसेका मंगल बजारका विकाश महर्जन लोडसेडिङ्गपछि अक्क न बक्क भएको बताए । उनले भने, ‘कहिले बत्ती आउला र निमाउला भनेर बसेको थिए । बत्ती नै आएन ।’
११ बजे बत्ती छोडिएको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३० बजे