६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपालको आफ्नै रकेट प्रक्षेपण हुने


९ असार २०७६, सोमबार  

0
Shares

रकेटसँगै सुशीलदेव भट्टराई ।


लपु संवाददाता
९ असार ०७६, ललितपुर । नेपालको आफ्नै रकेट प्रक्षेपण गरिने भएको छ । यहि असार २६ गते काठमाडौंको छहरेबाट रकेट प्रक्षेपण गरिने लागिएको हो ।
नेश्नल इन्जिनियरिङ्ग एण्ड एट्रोनोमी रिसर्च सोसाइटीका ५६ जान विद्यार्थीहरुले दिनको २ घण्टा काम गरेर १ महिनाको अवधिमा रकेट निर्माण गरेका हुन् । यो रकेटको ७० हजार मात्रै खर्च भएको सोसाइटीका अध्यक्ष सुशीलदेव भट्टराई वताए । रकेट १५ हजार फिटसम्म जान सक्छ । रकेट १४ केजी रहनेछ ।
विदार्थीहरुले रकेटका लागि आवश्यक इन्धन पनि नेपालमै बनाएका छन् । ६५ प्रतिशत पोटासियम नाइट्रेट र ३५ प्रतिशत चिनी मिसाएर बनाइएको विस्पोटक पदार्थ प्रयोगबाट रकेट उडाउन लागिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल जावलाखेलमा प्रर्दशनीमा राखिएको रकेट हेर्दै । तस्विर ः ललितपुर खबर


रकेटको प्रोग्रामिङ्ग सुशीलदेव भट्टराईले गरेका छन् । एअर स्पेश इन्जिनियरिङ्ग डिल्लीप्रसाद शर्माले गरेका छन् ।
रकेट उडाउनका लागि बस्ती नभएको ठाँउ जरुरी हुन्छ । रकेट प्रक्षेपण गर्दा सफल नभएको खण्डमा दुर्घटना हुने र क्षति हुनसक्ने हुँदा सरकारी निकायको अनुमती पनि आवश्यक छ । रकेट प्रक्षेपण गर्ने ठाँउमा हवाईजहाज र हेलिकप्टरको रुट .नभएको ठाँउ आवश्यक पर्ने हुँदा छहरे छानिएका सोसाइटीका अध्यक्ष सुशीलदेव भट्टराई वताए ।
नेपालमा अहिलेसम्म २० फिटदेखि ३० फिटसम्म उड्ने स–साना रकेट बनाएर वैज्ञानिकहरुले उडाएका थिए । तर विष्पोटक नै प्रयोग गरेर पहिलो पल्ट रकेट उडाउन लागिएको हो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ०६ बजे