६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सम्पदाको पुर्ननिर्माण नाजुक अवस्थामा


१२ असार २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
१२ असार ०७६,पाटन ।ललितपुरका ऐतिहासिक साँस्कृतिक सम्पदास्थलको पुर्ननिर्माणको अवस्था नाजुक रहेको देखिएको छ ।
पाटन दरवार क्षेत्रको पुर्जनिर्माण सन्तोषजनक रुपमा अघि बढिरहेको भएपनि दरवार क्षेत्र बाहिरका सम्पदा पुर्ननिर्माणको धिमा गति अझै जारी छ ।
पुरातत्व विभागको ललितपुरमा २८ वटा सम्पदाको पुर्ननिर्माण गर्ने कार्यक्रम छ ।
भारत सरकारले पाटनका ७ वटा विहार पुर्ननिर्माण गर्ने सहमती जनाए पनि पुरातत्व विभागले पठाएको प्रस्तावको कुनै जवाफ दिएको छैन ।
दरवार बाहिर रहेका मुख्य ४ वटा मन्दिरहरुमा अझै समस्या रहेको प्याकुरेल बताउछन् ।
बुङ्गमतीको रातो मच्छिन्द्रनाथको मन्दिर,शंखमुलमा रहेको जगतनारायणको मन्दिर,ठेचोको ब्रम्हायणी मन्दिर, पाटनको राधाकृष्ण मन्दिरजस्ता मन्दिरहरुमा ज्यादा समस्या देखा परेको हो ।
मच्छिन्द्रनाथको मन्दिरका ठेकेदारले काम नगरेपछि लामोसम्म कामै भएको छैन । अप्रिलमा सकिनु पर्ने बुङ्गमतीको मच्छिन्द्रनाथको मन्दिरको काम ठेकेदारका कारण अपठ्यारोमा छ ।
पाटनको राधाकृष्ण मन्दिर पुर्ननिर्माणको काम नभएपछि ठेकेदारलाई कालोसूचिमा राख्ने प्रकृया अघि बढेको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय ललितपुरका कार्यकारी निर्देशक सन्दिप खनालले बताए । राधाकृष्ण मन्दिरको स्प्रष्टिकरण सोधेपछि ठेकेदार कम्पनी राम विनायक जेभि दिवश श्रेष्ठले काम गर्ने प्रतिवद्धता जनाएर काम शुरु गरेका छन् ।
उनले भने,‘फेरि हामी काम गछौं भनेर ठेकेदार आएको छ । काम हुन्छ होला ।’
संग्रालय अधिकृत काजी प्याकुरेलका अनुसार शंखमुलस्थित जगत नारायणको दुईतर्फको सत्तलको मात्रै काम भएको छ मन्दिरको कुनै काम भएको छैन । यो मन्दिरको काम राम रतिना जेभिले गरिरहेको छ ।
अहिले भर्खर ठेचोको बम्हायणी मन्दिरमा केही काम शुरु भएको छ ।
सरकारसँग सम्झौता गरेर काठमाडौं उपत्यका सम्पदा संरक्षण कोषले पाटन दरवारपरिसरका सम्पदा विभिन्न दातृ निकायसँग सहयोग लिएर पुर्ननिर्माण गरिरहेको छ ।
पाटन दरवारमा रहेको भिमसेन मन्दिर भने स्थानीय समुदायले पुर्ननिर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ९ : ३९ बजे