१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बीच सडकको चैत्य भत्कियो


१३ असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१३ असार ०७६, ललितपुर । ललितपुर सातदोवाटो टुटेपानी सडकको बीचमा रहेको चैत्य भत्केको अवस्थामा भेटिएको छ ।
शुक्रबार विहान बताए । उनले भने,‘विहान ।’ ललितपुर
टुटेपानीमा मोटरसाइकल वर्कशप चलाएर बसेका राजेश चौधरीले घरवेटीको भनाई उदृत गर्दै मिनी टाटाले चैत्य भत्काएको दावी गरे । सातदोवाटोबाट चापागाँउतर्फ जाँदै गरेको गाडीले चैत्य भत्काएको दावी गरेपनि चैत्य पुरै वितरित दिशातर्फ रहेको छ । चैत्य भत्केपछि स्थानीय रवि तामाङ्गले त्रिपालले छोपेका छन् ।
भत्केको स्तुपा ललितपुर महानगरपालिका १५ का वडा सन्तोष खनालले चाडै स्तुपा पुर्ननिर्माण गरिने बताए ।
चैत्य भत्केको ठाँउ नजिकै सिसि क्यामेरामा रहेकोले फुटेज हेरेपछि घटनाबारे जानकारी पाइने एक स्थानीयले बताए ।
चैत्य भत्केको ठाँउमा गाडीको साइड लाइट फुटेको टुक्राहरु भेटिएको छ । घटनास्थलमा महानगरिय प्रहरी वृत्त सातदोवाटोका प्रहरीले हेरेर फर्केका छन् ।
सडक बिस्तारको क्रममा पुरातात्विक भएको भन्दै स्थानीय बासिन्दाले भत्काउन नमानेपछि सडकको बीचमै राखेर कालोपत्रे गरिएको थियो । पाटीसँगै धारा इनार र पाटी पनि छ ।
सातदोवाटो क्ष्ोत्रमा बस्ती विस्तार नहुँदा यहाँ वटुवाले पाटीमा भारी विसाएर बस्थे ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  २ : २८ बजे