५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चक्रपथमा रोपियो हजारौं रुख


१४ असार २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
१४ असार ०७६, काठमाडौं । १४ असार, काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको चक्रपथ सडक किनारमा शनिबार बिहान रुख रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे ।
यसअघि असार १५ गतेका दिन बृक्षारोपण गर्ने चलन थियो । सरकारको असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय अनुसार नै आज देशभर विरुवा रोपिएको हो । वृक्षारोपण वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।


विरुवा चक्रपथ सडकको विचमा रहेको डिभाइडरको जमिनमा रोपिएको हो । काठमाडौंको कोटेश्वर,वालकुमारी, वल्खु सातदोवाटो, महालक्ष्मीस्थान,एकान्तकुना धोविधाट,सानेपा, बल्खुदेखि कलंकीसम्म स्थानीय सरकारको समन्वयमा विरुवा रोपिएको हो । राजधानीको चक्रपथ क्षेत्रमा विहानैदेखि स्वतःस्फूत रुपमा स्थानीयबासीको जनसहभागीता थियो ।


कोटेश्वर क्षेत्रको कार्यक्रममा प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल,गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, कानुन मन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, शताब्दी पुरुष सत्यमोहन जोशीलगायत सासंद वकिल पत्रकार लगायत विभिन्न पेशा व्यावसायमा आवद्ध व्यक्तिहरु वृक्षारोपणमा सहभागी भएर रुख रोपेका थिए । कोटेश्वर कलंकी ९ किलोमिटर क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी ४ हजारका विरुवा रोपिएको हो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १ : ०३ बजे