६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुरेशको उपचारका लागि सहयोगको अपिल


१५ असार २०७६, आइतबार  

0
Shares


१४ असार ०७६, काठमाडौं । ललितपुर हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइएहेका रोल्पा परिवर्तन गाउपालिका–१ कुरेलीका १८ बर्षिय रक्तअल्पताबाट पीडित सुरेश रोका मगरको उपचारका लागि ‘सुरेश रोका बचाउँ अभियानल सहयोग समिति’ले सहयोगको अपिल गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको छ । ए प्लाष्टिक एनिमिया (रक्त अल्पता) रोगबाट ग्रसित रोकामगरको बोनम्यारो ट्रान्सप्लान्टको लागि ६० देखि ७० लाख लाग्ने अनुमान गरिएको छ ।
समितिका अध्यक्ष दिपक रोकामगरको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य तथा समितिका सल्लाहकार नविन रोका मगरले सुरेशको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरे । उनले भने,‘सुरेश लामो समयदेखि उपचारार्थ छन् । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले सहयोग जुटाउन आज यो पत्रकार सम्मेलन गरिएको हो ।’
सुरेश जनयुद्धका सहिद परिवारका सदस्य रहेको सुनाउँदै उनले भने,‘सुरेश भाई जनयुद्धका सहिद प्रेम रोका मगर ‘निर्माण’ को कान्छो भाई हुनुहुन्छ, हामीले उहाँको उपचारमा सक्दो सहयोग गरौं ।’ उनले स्वदेश तथा विदेशमा रहेका संघ÷संस्था तथा व्यक्तिहरुलाई पनि सुरेशको उपचारको लागि स्वेच्छिक रुपले सकेको सहयोग गर्न आग्रह गरेका थिए ।
समितिका अनुसार सरेशको उपचारको लागि नेपाल सरकारका माननीय उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ ले एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
समितिका अर्का सल्लाहकार जीतेन्द्र पुनले सुरेशको रोगको बारेमा विस्तृत जानकारी दिएका थिए । त्यस्तै, उनले सुरेशको उपचारमा सहयोग जुटाउनको लागि गठित समितिको विदेशस्थित् संयोजकहरुको नाम समेत सार्वजनिक गरेका थिए ।
उनले घोषणा गरेअनुसार साउदीको लागि हितमान बुढामगर र शेरबहादुर रोका, दुवईको लागि रामकृष्ण पुनमगर, मुलन बुढामगर र प्रेम प्रकाश रोकामगर जापान, रामकुमार बुढामगर कोरिया, सरोज बुढामगर र जकेन्द्र बुढामगर अमेरिका, अभिमत पुनमगर कतार, कमानसिंह रोकामगर पोर्चुगल, तक्मान बुढामगर स्पेन, जयप्रकाश रोकामगर अष्ट्रेलिया, केशर रोकामगर युके, हिम्मत रोकामगर युके, केशर बुढामगर सिंगापुर र तिलक ओली भारतको लागि संयोजक तोकिएका छन ।
समितिकी सचिव जुना मगरले आजको पत्रकार सम्मेलनको सञ्चालन गरेकी थिईन् । अहिलेसम्म परिवारले आफ्नै बलबुतामा सरेशको उपचारमा २० लाख खर्च गरिसकेको छ । छोराको उपचारको लागि सहयोग रकम संकलनमा सुरेशकी आमा बिनी रोकापनि खटिईरहेकी छिन् ।
सहयोगको लागि समितिले ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ३९०७०१०००६१६३ पनि सार्वजनिक गरेको छ । सहयोगी मनहरुले उक्त खातामा सहयोग रकम जम्मा गर्न सक्नेपनि समितिले जनाएको छ ।
समितिले दिएको जानकारी अनुसार अहिलेसम्म ७ लाख ७९ हजार पाँच सय छियालिस रुपैयाँ संकलन भएको छ र सहयोगको लागि धेरै प्रतिबद्धता आएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : १० बजे