१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अपाङ्गमैत्री वितरित बनाइयो सिडियोको कार्यालय


१५ असार २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१५ असार ०७६, ललितपुर । हरेक सरकारी भवन अपाङ्गमैत्री निर्माण गर्ने सरकारी नीति विपरित ललितपुरको सिडियो कार्यालयको बनेको पाइएको छ । यस भवनमा अपाङ्गमैत्री संरचनाविनै निर्माण भएको हो । यो सिडियो कार्यालयको आवासका लागि बनाइएको भवन हो । भुकम्पले क्षति भएपछि सरकारले यस भवनलाई पुर्ननिर्माण गरेको हो ।
अपाङ्गमैत्री भवन निर्माण गर्दा ह्वीलचियर गुडाउने ट्रयाक हुनु आवश्यक छ ।
पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका विज्ञ चन्द्रकाजी गुरुङ्गले भवन निर्माण गर्दा त्यसतर्फ ध्यान नपुगको स्वीकार गरे । उनले भने,‘हामी आउदा दिनमा सुधारेर अघि बढ्छौं ।’
सरकारले पहिलो तला अपाङ्गमैत्री बनाउने र अन्य तलाका लागि लिफ्ट राख्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ३१ बजे